मेची महाकाली अभियानमा एमाले भैरहवामा सभा गर्दै


 


रुपन्देही, फागुन २९

नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आइतबार रुपन्देहीको भैरहवामा सभा हुँदैछ । भैरहवामा हुने सभालाई एमाले अध्यक्ष केपी ओली लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभा दिउँसो २ बजे भैरहवाको भैलोभुजको मैदानमा सुरु हुने एमालेले जनाएको छ । मधेसी मोर्चाले आइतबार रुपन्देही बन्द आह्वान गरेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्