बन्दको अवज्ञा गरेको भन्दै तोडफोड र आगजनी


 


काठमाडौ, फागुन २८

कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै दुई वटा भारतीय गाडिमाथि तोडफोड र आगजनी भएको छ । बन्दकर्ताहरुले राजधानीमा बिहानै बन्दको अवज्ञा गरेको भन्दै पुरानो बानेश्वर र कलङकी चोकमा तोडफेड तथा आगजनी गरेका छन् ।

राजधानीको पुरानो बानेश्वरस्थित भेनस अस्पताल पछाडि बी आर ३१ जे ११३० नम्बरको गाडीमा तोेडफोड तथा आगजनी गरेको जनाइएको छ । यस्तै कलंकीमा पनि भारतीय नम्बर प्लेटको गाडी प्रहरी घेराभित्र तोडफोड भएको छ ।
गौशालाबाट आउदै गरेको यु पि ६५ एएम ०६५७ नम्बरको टोयटा कारमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । सो क्रममा गाडि तोडफोड गरेको आरोपमा दुई जना बन्दकर्ता समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस्तै गएराति १० बजे लैनचौरमा पनि एउटा भारतीय गाडिमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । यसैबीच भारतीय गाडिमाथि तोडफोड हुने क्रम बढेपछि प्रहरीले रोकिएका गाडिहरुमा समेत सुरक्षा दिन थालेको जनाईएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्