पाकिस्तानमा हिन्दु विवाहलाई मान्यता दिने विधेयक पारित


 


एजेन्सी, फागुन २८

पाकिस्तानको संसदले हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसले कानुनी मान्यता पाउने छ । यही हप्ता भित्र विधेयकले औपचारिका रुपमा कानुनी मान्यता पाउने विश्वास गरिएको छ ।

गत वर्ष तल्लो सदन नेशनल एसेम्बलीले उक्त विधेयक पारित गरेको थियो । माथिल्लो सदन सीनेटले केही परितर्वन गरेपछि यसलाई फेरि नेशनल एसेम्बलीमा पठाइएको थियो ।

तल्लो सदनमा यो विधेयक लामो बहस पछि पारित भएको हो । यो कानुन राजधानी इस्लामाबाद लगायत आसपासका क्षेत्रका साथै पञ्जाव , बलुचिस्तान र खैबर पख्तुनख्वाह प्रान्तमा लागु हुनेछ ।

पाकिस्तानमा सबैभन्दा हिन्दु रहेको सिन्ध प्रान्तमा भने हिन्दु विवाह सम्बन्धी छुट्टै कानुन लागु छ । मुश्लिम मुलुक पाकिस्तानमा ३८ लाख हिन्दु धर्माबलम्बी रहेका छन् । यो कुल जनसंख्याको २ प्रतिशत हो ।

प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्