नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित


 


काठमाडौ, फागुन २८

कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकासहित देशैभरको जनजीवन बिहानैबाट प्रभावित भएको छ । बनदका कारण बिहानैबाट सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, बजार पसल तथा कलकारखनाहरु पनि ठप्प रहेका छन् ।

बन्दमा कुनै अप्रिय घटना हुन नदिन बिहानैदेखि चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैबीच काठमाण्डौका बिभिन्न स्थानबाट चारजना बन्दकर्ता पक्राउ परेका छन् । गोंगबुबाट दुई जना र कलङकीबाट दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

कन्चनपूरको पुनरवासमा निर्माण गरिएको कल्र्भटका बिषयमा गत बुधबार भारतीय पक्षसंग विवाद हुँदा एसएसबीले चलाएको गोली लागि स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्