कति पुग्यो एक सिलिन्डर ग्यासको मूल्य ?


 


काठमाडौं, फागुन २८

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।  भारतबाट मूल्य बढेर आएको भन्दै निगमले गए राति १२ बजेदेखि लागू हुने गरी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको हो ।

अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासमा मूल्य बढे पनि पेट्रोल र डिजलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्