भाेलि नेपाल र केन्या भिड्दै, सुनिल धमलाको डेब्यू, पारस के गर्लान ?
काठमाडाैं, फागुन २७
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेपाल र केन्या मैदानमा उत्रिँदैछन् । भाेलि मैदानमा उत्रँदा नेपाली टोलीबाट सुनिल धमलाले डेब्यू गर्ने लगभग पक्का छ ।
उनले उपकप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्नेछन् । यू-१९ क्रिकेटबाट आएका उनी पछिल्लो समय निकै लयमा देखिएका छन् ।
यस्तै अलराउण्डर मेहबुब आलम पनि सम्भवत केन्याविरुद्ध मैदान उत्रिनेछन् । उनी दुई वर्षपछि उनी टोलीमा परेका छन् । प्रशिक्षक टमाटाले भने, उनले जुन प्रदर्शन गरेका छन्, त्यसलाई हेरेरै टिममा ल्याइएको हो । लोअर मिडिल अडरमा उनको रोल छ र, उनको बलमा स्वीङ पनि छ ।’
लोअर अडरमा टमाटासँग विनोद भण्डारी र मेहबुबसँगै दिपेन्द्र सिंह ऐरी विकल्प छन् । दिपेन्द्र यू-१९ र राष्ट्रिय प्रतियोगिताहरुमा आक्रमक ब्याटिङ गर्दै राष्ट्रिय टोलीमा परेका छन् र, डेब्यूको पर्खाइमा छन् ।
पारस के गर्लान ?
झण्डै तीन साता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरेका कारण कप्तान पारसले अझै फिट भइसकेका छैनन् । उनले केही दिनदेखि अध्यास गरिरहेका छन् ।
तर, शनिबार खेल्ने नखेल्ने अझै निश्चित भइसकेको छैन । शुक्रबारको अभ्यासपछि उनले भने, मलाई त खेल्न मन छ । तर, सम्भवत भोलि निर्णय लिन्छौं ।’
राष्ट्रिय टोलीका प्रशिक्षक जगट टमाटाले पारस मानसिक रुपमा फिट रहेको बताए । यदि पारस नखेले विकल्पमा कसलाई खेलाउने योजना रहेको उनले बताए ।
तर, कप्तान पारसको अनुपस्थितिले नेपालको सिंगो टिम केही दबावमा पर्ने त त छँदैछ, मिडिल अडरको ब्याटिङमा पनि समस्या आउनसक्छ ।
प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार