अाेलीले दिए भारतलार्इ फेरी डरलाग्दाे चेतावनी, भने–तिम्राे अहङ्कारी व्यवहार नेपालीलार्इ स्वीकार्य छैन


 


हेटौँडा, फागुन २७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समानता र पारस्पारिक लाभका आधारमा छिमेकी देशसँग मित्रता कायम राख्न चाहन्छ तर भूगोलका हिसाबले अहङ्कारी व्यवहार हामीलाई स्वीकार्य छैन भन्नुभयो ।

उहाँले राजविराजको घटनामा सत्ताधारी दलहरुको नियत के हो भन्ने प्रस्ट हुनुप¥यो भन्दै सो घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीले कञ्चनपुरमा भारतीय एसएसबीले गरेको घटना निन्दनीय छ भन्नुभयो ।

सभामा एमाले महासचिव ईश्वर पोखरेलले ‘एमालेविरुद्ध जबर्जस्त मोर्चाबन्दी भइरहेकाले एमालेको राष्ट्रवादी आन्दोलन सही हो भन्ने पुष्टि भएको’ बताउँदै राष्ट्रियताका लागि जनतालाई एक जुट बनाउन एमाले लागिरहन्छ भन्नुभयो ।

एमालेको जनजागरण अभियानको ¥याली शनिबार हेटौँडाबाट सुरु भएर चितवन हुँदै नवलपरासी पुग्ने कार्यक्रम रहेको जनाइएको छ । अभियान यही फागुन २१ गतेदेखि झापाबाट सुरु भएको थियो ।

सप्तरीको राजविराज घटनापछि स्थगित नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय जागरण अभियान आज हेटौँडाबाट पुनः सुरु भएको हाे।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्