खाना पकाउने ग्यासकाे मूल्य बढ्याे


 


काठमाडाैं, फागुन २७

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको छ । निगम प्रवक्ता सिताराम पोखरेलका अनुसार शुक्रबार राति १२ बजेटबाट लागू हुनेगरी ग्यासको मूल्य बढेको हो।

ग्राहकले १३ सय ५० तिर्दै आएको सिडिण्डरलाई अब १३ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ। पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य भने वृद्धि नभएको आयल निगमले जनाएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्