नेपाल र केन्याबीच हुने खेलको टिकट सकियो


 


काठमाडौं, फागुन २७

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिपअन्तर्गत नेपाल र केन्याबीचको पहिलो खेलको सम्पूर्ण टिकट बिक्री भएको छ। आइसीसीबाट टिकट बिक्रीको अख्तियारी पाएको ई–सेवाले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबारको खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको जनाएको हो।

ई-सेवाका अनुसार पहिलो ११ हजार २ सय टिकट बेचिएको छ। ‘हामीलाई आइसीसीले टिकट बिक्री रोक्न आग्रह गरेअनुसार टिकट बिक्री रोकेका छौँ,’ ई–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा जनाइएको छ।

सोमबार हुने दोस्रो म्याचको टिकट भने बाँकी छ। टिकटको मूल्य २ सय रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्