बस र ट्रक ठोक्किदा ११ घाइते, तीनको अवस्था गम्भीर


 


चितवन, फागुन २७

चितवनको दारेचोक गाविस ३ कुरिनटारमा आज विहान बस र ट्रक एक ठोक्किदा ११ जना यात्रु घाइते भएका छन । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज विहान सवा ७ बजे काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८११८ नम्बरको ट्रक र मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २४७८ नम्बरको बस ठोक्किएको हो ।

दुर्घटनामा परी ३ जना यात्रु गम्भीर भएका छन् । घाइतेमध्ये केहीलाई उपचारका लागि काठमाडौं पठाईएको र केहीलाई चितवनको अस्पतालमा ल्याइएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । तिब्र गतिका कारण गाडी ठोक्किएको प्रहरीले अनुमान गरेको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्