आज पनि घट्यो सुनको भाउ, कति पुग्यो मूल्य ?


 


काठमाडौं, फागुन २७

आज पनि सुनको भाउ घटेको छ । आज सुन तोलामा तीन सय रूपैयाँले घट्दा ५४ हजारमा कारोबार भईरहेको छ । यस अघि हिजो सुन तोलाको ५४ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्