जाजरकाेटमा कसरी भयाे बस दुर्घटना, के भन्छन् घाइते ?


 


काठमाडाैं, फागुन २७

बिहिबार जाजरकाेटमा बस दुर्घटना हुँदा ठूलाे मानविय क्षति भयाे ।  सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस आज पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २६ जनाले ज्यान गुमाए ।

दुर्घटनामा परी ४१ जना घाइते भएको प्रहरीले  जनाएकाे छ । सदरमुकामबाट ४३ यात्रु लिएर गुडेको सो बसमा थप यात्रु चढेको घाइतेको भनाइ छ ।

कार्कीगाउँ–३ कि घाइते बिनाकुमारी खत्रीका अनुसार–सदरमुकामबाट एउटै सिटमा तीन जनालाई जर्बजस्ती राखेर बस गुड्यो, सहचालकले ‘प्रहरीलाई नभन्नू’ भनी यात्रुलाई हप्काएको थियो ।

बसपार्कबाट अलि पर खोलामा पुगेपछि दर्जनभन्दा बढी मान्छे गाडीको कोलिया भरिभराउ हुने गरी हालेर जथाभाबी बस हाँकिएको थियो । हामीले धेरै नहाँक भन्दा पनि केही मानेनन् ।

एक्कासि २० मिनेटमा बोहरा नजिक मोडमा पुग्दा बस मोड्नुपर्ने ठाउँमा सिधै पर्खाल बाहिर गयो । चालकले मदिरा सेवन गरे जस्तो पनि देखिन्थ्यो । यात्रुहरु कोचाकोच गरी बसमा बस्दा श्वास फेर्ने ठाउँसम्म थिएन ।”

अर्का घाइते रोकायगाउँ गाविसका सचिव टीकाराम रावतका अनुसार बस तीव्र गतिमा थियो, मानिस धेरै हालेका कारण टाउको समेत ठाडो गरेर बस्ने अवस्था थिएन । बच्चाहरु रोइरहेका थिए ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्