म्यानचेस्टर रुसी क्लबसँग अग्रता बनाउन चुक्यो


 


काठमाडौं, फागुन २७

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको ‘अवे’ खेलमा रुसी क्लब रुस्तोभसँग अग्रता लिनबाट चुकेको छ।  खेलको पहिलो हाफमै म्यानचेस्टरले रुसी क्लबलाई उसैको घरमा गोल गरेको थियो।

तर, दोस्रो हाफमा गोलको अग्रता कायम राख्न नसक्दा जोसे माउरिन्होको नेतृत्बमा रहेको म्यानचेस्टरले ‘अवे’ खेलमा बनाउन सक्ने स्पष्ट अग्रताबाट चुक्यो।

म्यानचेस्टरले पहिलो हाफको ३५ मिनेटमा आर्मेनियाका स्ट्राइकर हेनरिख माखिटारयानको गोलमा अग्रता लिएको थियो। स्विडिस स्ट्राइकर जाल्टन इब्राहिमोभिकको डिबक्सको ‘टच लाइन’ बाट निकालेको पासलाई माखिटारयानले गोलमा परिणत गरेका थिए।

युरोपा लिगमा उनको यो तेस्रो गोल थियो। तर, त्यो अग्रता धेरै बेरे कायम रहेन्। एक गोलले पछि परेको रुसी क्लबले १८ मिनेटमा गोल फर्कायो। टिमोफी कालाचेभको पासमा स्ट्राइकर एलेक्जेन्डर बुखारोभले ५३ मिनेटमा बराबरी गोल गरेका थिए।

दोस्रो हाफमा इब्राहिमोभिकको एउटा प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो। दक्षिण रुसको ओलम्पिक रंगशालामा भएको यो मैदान सुख्खा तथा कम घाँस थियो।  म्यानचेस्टरले दोस्रो लेगको खेल आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा आउँदो विहिबार खेल्ने छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्