जाजरकोटमा बस दुर्घटना, २२ जनाको मृत्यु, २८ गम्भिर घाइते (अपडेट)


 


जाजरकोट, फागुन २६

जाजरकोटमा बिहीबार यात्रुबहाक बस दुर्घटना हुँदा  २२ जनाको  मृत्यु भएको छ।  ४० जना घाइते भएका छन्। घाइते मध्ये २८ जनाको अवस्था गम्भीर रहेको छ।

समयमै उपचार नपाए  २८ जनाकै ज्यान जान सक्ने  स्वास्थ्यकर्मीहरुको भनाइ छ । सदरमुकाम खलंगाबाट  साल्मा गाविसको खारा तर्फ  यात्रु लिएर गइरहेको  ना.३ ख. २२७९ नम्बरको  यात्रुबाहक बस  खलंगाकै बाेहरास्थित मुल सडकबाट २ सय मिटर तल  पासागाड खोलाकाे किनारमा खसेकाे थियाे ।

बसमा कति यात्रु थिए भन्ने अझै यकिन हुन सकेको छैन । छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी मालिका नगरपालिका वडा नम्बर पासाघाटमा बस दुर्घटनामा परेको हो ।

खलंगाबाट बसमा ६० जनाभन्दा बढी सवार रहेका अनुमान गरिएको छ । दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन्।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्