मन्त्रिपरिषद ४६ सदस्यीय हुँदै, आज को–को हुँदैछन् मन्त्री ?


 


काठमाडौं, फागुन २६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीय विकास मन्त्री, दिलनाथ गिरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री र परशुराम तामाङलाई राज्यमन्त्री नियुक्त गर्ने तयारीमा जुटेका हुन् ।

थापा र गिरीको सपथ आज बेलुका गराउने तयारी छ । बिहीबार तीन जना मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद ४६ सदस्यीय हुने छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्