नेपालसँग खेल्न केन्याको क्रिकेट टोली काठमाडौंमा


 


काठमाण्डौ, फागुन २६

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालसँग खेल्न थालेको केन्याको क्रिकेट टीम नेपाल आएको छ । आउँदो शनिवार र सोमवार किर्तिपूर क्रिकेट मैदानमा नेपाली टोलीसँग खेल्न लागेको केन्याका खेलाडी केहीबेर अघि काठमाडौं ओर्लिएका हुन् ।

उनीहरू भारतमा चारवटा अभ्यास खेल भारतमा खेलेर काठमाडौं आइपुगेका हुन् । नेपाली समुह पनि केही दिन देखि किर्तिपूरमा निरन्तर अभ्यासमा छ । खेलाडीरू विमानस्थलबाट सोझै सोल्टी होटलमा जाने कार्यक्रम रहेको छ ।

अंक तालिकामा दुई स्थान माथि रहेको केन्यालाई घरेलु मैदानमा हराउने नेपालको दाउ छ । यद्यपी केन्या नेपाल भन्दा बलियो समुह मानिन्छ । तर पछिल्ला वर्षहरूमा चाहिँ केन्याको खेल खासै राम्रो छैन  ।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्