निर्बाचन गराई छाड्ने सरकारको संकल्प पुरा हुन्छ – प्रधानमन्त्री


 


काठमाडौं, फागुन २६

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन गराई छाड्ने संकल्प गरेका छन् । बिहीबार आफ्नै सरकारी कार्यालय सिंहदरबारमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन बुझ्दै उनले सरकारको संकल्प पुरा गरी छाड्ने दृढता व्यक्त गरे ।

कुनै पनि वाहनामा स्थानीय तहको निर्वाचन नरोकिने भन्दै उनले निर्वाचन बारे सहि सूचना जनतामा सम्प्रेषण गर्न आग्रह गरे । निर्वाचन पछि मुलुकले गति लिने भन्दै प्रधानमन्त्री दाहालले मुलुकको हित चाहने शक्तिलाई निर्वाचनमा आउन आग्रह पनि गरे ।

राजनीतिक संक्रमण लम्बिदै जाँदा जनतामा निरासा छाउने र पश्चगामी शक्तिले टाउको उठाउने जमर्को गर्ने भएकाले स्थानिय निर्वाचन अपरिहार्य रहेको बताए ।

सूचनाको हक लोकतन्त्रको स्तम्भ भएको भन्दै प्रधानमन्त्रीले सूचनाको हक कार्यान्वयनको लागि पनि सरकारको तर्फबाट निर्देशन दिए । आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक प्रभावकारी कार्यान्वयनको खाँचो औंल्याए । उनले सुचनको हक सम्बन्धि प्रतिवेदन संसदमा छलफल गर्नको लागि आग्रह गरे ।

 

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्