किशोरीको रहस्यमय मृत्यु


 


महोत्तरी, फागुन २५

महोत्तरी जिल्लाको पिपरा गाविसमा बुधबार बिहान एक किशोरीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा–५ बस्ने राजेन्द्र महासेठकी छोरी १७ वर्षीया काजलकुमारी महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार किशोरी महासेठ गएराति खाना खाएर सुत्न गएकीमा बिहान उनको शव झुन्डिएको अवस्थामा उनी सुत्ने कोठाभन्दा छेउको कोठामा फेला परेको छ ।

किशोरीको घाँटीमा सलको पासो लागेको तथा उनी आफ्नो सुत्ने कोठामा नभई छेउको कोठामा झुन्डिएको अवस्थामा फेला परेकाले प्रहरीले किशोरीको मृत्यु रहस्यमय भएको भन्दै आवश्यक अनुसन्धान सुरु गरेको छ ।

उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्