सप्तरी घटना : ‘गोली नचलाएको भए अरु सयौं मारिने थिए’


 


काठमाडाैं, फागुन २५

सरकारले सप्तरीको राजविराजमा भएको गोलीकाण्डपछि त्याँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र शसस्त्र प्रमुखलाई फिर्ता बोलाएको छ । मंगलबार गृहमन्त्री विमलेन्द्र निधिले राजविराज घटनाका बारेमा सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएका छन् ।

तीनवटा सुरक्षा निकायका प्रमुखहरुले राजविराज घटनाको बारेमा जानकारी गराउँदै यदि प्रहरीले समयमा गोली नचलाएको भए त्यहाँ सयौं मान्छे मार्ने अवस्था भएको जानकारी गृह मन्त्रालयलाई गराएका छन् ।

‘मधेसी मोर्चाले चारैतिरबाट घेरा हालेर एमालेको कार्यक्रमस्थलभित्र प्रवेश गर्न खोजेको र त्यहाँ उनीहरु प्रवेश गर्न खोजेको भए कल्पना गरिएभन्दा ठूलो मानविय क्षति हुने थियो ।’ घटनाबारे सुरक्षा प्रमुखहरुले गृहमन्त्रीलाई जानकारी गराएको बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्