इब्राहिमोभिकलाई ३ खेल प्रतिबन्ध


 


काठमाण्डौ,फागुन २५

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्विडिस स्ट्राइकर जाल्टन इब्राहिमोभिकलाई तीन खेल प्रतिबन्ध लागेको छ। गत शनिवार प्रिमियर लिगअन्तर्गत आफ्नै घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा बोर्नेमाउथका डिफेन्डर टाइरोन मिङ्सलाई जानाजान कुहिनाले हानेको आरोपमा इङ्ल्यान्डको फुटबल संघले अघिल्लो तीन खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

इब्राहिमोभिकले पनि फुटबल संघले लगाएको तीन खेलको प्रतिबन्धलाई स्विकार गरेका छन्। अब उनी चेल्सीविरूद्ध एफए कपको क्वाटरफाइनल, प्रिमियर लिगको दुई खेल मिडल्सब्रोग र वेष्ट ब्रुमविरूद्धको खेलमा देखा पर्ने छैनन्।

म्यानचेस्टरका लागि यो सिजन सर्वाधिक २६ गोल गरिसकेका इब्राहिमोभिक विहिबार राती रुसमा रुस्तोभविरूद्ध हुने युरोपा लिगमा भने देखा पर्नेछन्। उनी ४ अप्रिलमा इभर्टनविरूद्धको खेल मार्फत प्रिमियर लिगमा फर्किने छन्।

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्