भारतको लखनउमा भिडन्त हुँदा एक जनाको मृत्यु


 


काठमाण्डौ,फागुन २५

भारत उत्तर प्रदेशको राजधानी लखनउमा प्रहरी र बिद्रोहीबिच भएको झडपको क्रममा एक जनाको मृत्यु भएको छ । मंगलबार रातभरि भएको झडपको क्रममा मंगलबार राति अबेर प्रहरीको गोली लागेर एक जना बिद्रोहीको मृत्यु भएको र झडप सकिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रहरीले विपक्षीलाई जीवित पक्राउ गर्नका लागि खुर्सानी बमको प्रयोग गरेको थियो । तर पनि आक्रमणकारीको ज्यान गएका प्रहरीले जनाएको छ । आक्रमणकारीले लगातार प्रहरीलाई लक्षित गरी गोली चलाएका तथा बम प्रहार गरेका थिए । झडपपछि प्रहरीले आक्रमणकारीको साथबाट एउटा पेस्तोल, एउटा रिभल्वर र एउटा चक्कु बरामद गरेको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्