ताेलामा चार सय घट्याे सुनको भाउ


 


काठमाडौं, फागुन २४
आज सुनको भाउ घटेको छ । आज सुन तोलामा चार सय रूपैयाँले घट्दा ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि हिजो सुन तोलाको ५५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर तोलाको ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्