कर्मचारी विरुद्ध मुद्दा


 


बारा, फागुन २४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा बाराका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा बिगोदाबीसहित मुद्दा दायर गरेको छ ।
आयोगले जिविस बाराका सूचना तथा सामाजिक विकास अधिकृत भरतप्रसाद यादव र बारा कर्चोवा गाविस कार्यालयका सचिव जयपतप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता जीवराज कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सुरक्षा भत्तामा खर्च गर्नुपर्ने सरकारी रकम मिलोमतोमा हिनामिना गरेको आरोपमा भरतप्रसादलाई छ लाख पैँतालिस हजार एक सय ५० रुपैयाँ भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार जरिवाना र कैद सजाय गर्ने उल्लेख छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्