सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय


 


काठमाडौँ, फागुन २३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि बसेको मोर्चाको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

सोमबार साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले निर्णय गरेर सरकारलाई भोलि पत्र पठाउने छ । माेर्चाले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने धम्कि पटक–पटक दिदै अाएकाे थियाे । माेर्चाले फागुन २४ र २५ गते मधेश बन्दको पनि आह्वान गरेकाे छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्