एमालेको मेची-महाकाली अभियान तीन दिन स्थगित


 


सप्तरी, फागुन २३

एमाले स्थायी कमिटीको बैठकले मेची-महाकाली अभियान तीन दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । राजविराजमा गोलीकाण्ड भएपछि सोमबार साँझ सप्तरीको रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा बसेको आकस्मिक बैठकको यस्तो निर्णय गरेको हो।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार सरकारको आग्रह र एमाले भित्र पनि षडयन्त्र भएकाले तत्कालका लागि कार्यक्रम स्थगित भएको हो।

बैठकमा पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायत शीर्ष नेताहरु सहभागी थिए।

एमालेले फागुन २१ बाट झापादेखि सुरु गरेको मेची महाकाली अभियानको आज तेस्रो दिन हो। मंगलबार सिरहा र जनकपुरमा सभा गर्ने एमालेको पूर्वनिर्धारित कार्यक्रम थियो । तर, सोमबार राजविराजमा भएको गोलीकाण्डको घटनाले एमालेको भावी कार्यक्रम थप जोखिमपूर्ण हुने भन्दै रोकेको हो।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्