दुर्घटनामा २ जनाको मृत्यु


 


रूपन्देही,फागुन २३
गय राति रूपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कम्हरिया गाविस ९ मा साइकलको ठक्करबाट पैदलयात्री स्थानीय ५६ वर्षीय मनबोधी लोहारको मृत्यु भउको हो।

यस्तै, गय राति नै तिलोत्तमा नगरपालिका ८ पुर्वपहुनीमा लु १ त ३७८२ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय १२ वर्षीया रिया बिकको मृत्यु भएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्