आरआरमा मतदान सुरु हुन सकेन


 


काठमाडौ, फागुन २३

राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पस आरआर मा स्ववियु निर्वाचनका लागि सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान निर्धारित समयमा सुरु हुन सकेन। मतादनका लागि विद्यार्थीहरु बाहिर लाइन लागेर बसे पनि प्रहरीले कसैलाई भित्र जान दिएको छैन।

क्याम्पस प्रमुखलाई प्राशासनिक कामका लागि भन्दै १० मिनेटका लागि भित्र पठाइए पनि अरु सबै बाहिरै रोकिएका छन्। क्याम्पस परिसरमा ठूलो संख्यामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिइराखेका छन्। सम्भावित तनावलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

यसअघि १८ गते हुन नसकेको चुनाव सोमबारका लागि तय गरिएको थियो। अहिलेसम्मको परिस्थिति हेर्दा मतदान कतिबेला सुरु हुने हो टुंगो लाग्न सकेको छैन। क्याम्पसमा नेविसंघबाहेकका विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन्। आरआर स्ववियु चुनाव हुने देशकै प्रमुख मध्येको एक क्याम्पस हो।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्