आरआर क्याम्पसमा स्ववियु चुनाव आज


 


काठमाडौं, फागुन २३

काठमाडौंको रत्नराज्य क्याम्पसमा सोमबार स्ववियु चुनाव हुने भएको छ । फागुन १८ गते हुन नसकेको चुनाव सामेबारका लागि तय भएको थियो । निर्वाचन आयोगले पत्राचार गर्नुअघि नै मिति घोषणा भएकाले विद्यार्थी संगठनकै सहमतिमा आरआर क्याम्पसको चुनावी प्रक्रिया सुरु भएको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिए ।

बिहान ८ बजे सुरु हुने मतदानको लागि विद्यार्थी बिहानैदेखि लाइनमा बसेका छन् । निर्वाचन आयोगले अरु क्याम्पसमा भने चुनाव नगर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्