जापानी नोटलाई नेपाली बोट : जापानी पैसा छाप्न अर्गेलीको बोक्रा निर्यात
काठमाडाैं, फागुन २२
जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागे पनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्।
अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो नेपालबाट आर्थिक वर्ष २०७२- ७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ।
जसको मूल्य ३ करोड ५५ लाख ४२ हजार ६ सय ९५ रुपैयाँ बराबर हुन्छ। अर्गेलीको बोक्रा जापानी नोट बनाउन प्रयोग हुन्छ ।‘अर्गेलीको बोक्रा विशेष गरी नोट बनाउन जापानमा निर्यात भइरहेको छ’, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका बरिष्ठ अधिकृत कृष्णराज बजगाईँले भने, ‘यसको निर्यात बर्षैपिच्छे उल्लेख्य दरमा बृद्धी भइरहेको छ ।’
अर्गेली पहाडी भेगमा पाइने एक प्रकारबो बिरुवा हो । जसको बोक्रा नेपालमा हाते कागज बनाउन प्रंयोग गरिन्छ। त्यसैको बोक्रा जापानले भने केही वर्षदेखि आफ्नो कागजको नोट बनाउन लैजाने गरेको छ। नागरिक दैनिकमा खबर प्रकाशित छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०७३, आइतबार