चार देशीय टी–२० : नेपालले आज घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दै


 


काठमाडौं, फागुन २९ । चार देशीय टी–२० श्रृखलामा नेपालले आज घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ ।

एन्टेबे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउसो पौने पाँच बजे सुरु हुनेछ । नेपालले, अहिलेसम्म जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ । लिगको पहिलो चरणमा नेपालले युगान्डालाई एक विकेटले हराएको थियो ।

दुई अंक जोडेको नेपाल तालिकाको पुच्छारमा छ । तेस्रो स्थानमा रहेको युगान्डाको चार र दोस्रो स्थानको नामिबियाको पनि समान चार अंकनै छ ।

हङकङ ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाल हिजो भएको खेलमा नामिबियासंग २३ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहने टिम फाइनल खेल्नेछन् ।

प्रकाशित मिति: २९ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्