आज बिहीवार, यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): युवा वर्गहरूलाई करियर सम्बन्धी शुभचिन्तकहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। नोकरी वा पेशामा सहयोगी वर्गहरूबाट समर्थन प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): परिवारमा पुराना कुराहरूलाई लिएर मनमुटाव रहन सक्नेछ। आर्थिक अवस्था सामान्य रहनेछ। नयाँ कार्यको सुरुवातको लागि उचित समयको प्रतिक्षा गर्नुहोस्। अरूको झै-झगडामा संलग्न नहुनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई नयाँ निवेशले लाभ मिल्नेछ। नोकरी वा पेशामा सहयोगी वर्गहरूको समर्थन प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। सञ्चित धनमा वृद्धि हुनुको साथै प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नयाँ कामको थालनीको लागि समय उपयुक्त रहेको छ। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोलिको प्रभावले बिग्रिएको काम सिद्ध गर्न सकिनेछ। पैसाको लेनदेनमा ध्यान दिनुहोस्। विशेष योजनाहरू सार्वजनिक नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोस्। अवसरको फाइदा नउठाउँदा व्यवहारमा पछि पर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। शेयर बजारबाट मनग्य लाभ मिल्नेछ। अवसरवादीहरूले कार्यक्षेत्रमा अवरोध पुर्याउन सक्नेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्, जसले चिताएको कार्य सम्पन्न हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कार्यक्षेत्रमा छोटो प्रयत्नले पनि दिगो लाभ हुनेछ। उद्योग व्यापारमा फाइदा उठाउन सकिनेछ। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग गाढा पहेँलो हो भने शुभ अंक २ रहेको छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्न सक्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक भोजनको सेवन गर्नुहोस्। व्यापार व्यवसायमा आफन्तहरूको सोचेजस्तो सहयोग नपाइने सम्भावना छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): इष्टमित्रहरूबाट रोकिएको कार्य प्रारम्भ हुनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। युवा वर्गहरूको नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। सञ्चित धनमा वृद्धि हुनुको साथै प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नयाँ कामको थालनीको लागि समय उपयुक्त रहेको छ। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक ३ रहेको छ।
प्रकाशित मिति: २९ फाल्गुन २०८१, बिहिबार