चार देशीय टी–२० सिरिज : नेपाल आज नामिबियासँग खेल्दै

काठमाडौं, फागुन २८ । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नामिबियासँग खेल्दैछ ।
खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो ।
यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले अर्को खेल बिहीबार युगाण्डासँग र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका छ ।
प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार