आज बुधबार, यस्तो छ तपाईंको राशिफल


 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। सन्तानको प्रगतिले मन हर्षित हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग रातो र शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): परिवारमा पुराना कुरालाई लिएर मनमुटाव हुन सक्छ। आर्थिक अवस्था सामान्य रहनेछ। नयाँ कार्यको सुरुवातका लागि उचित समयको प्रतीक्षा गर्नुहोस्। अरूको झै-झगडामा संलग्न नहुनुहोस्। आजको शुभ रंग निलो र शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारीहरूलाई नयाँ निवेशले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगीहरूको समर्थन प्राप्त हुनेछ। आजको शुभ रंग हरियो र शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ र प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नयाँ कामको थालनीका लागि समय उपयुक्त छ। आजको शुभ रंग हल्का पहेँलो र शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोलीको प्रभावले बिग्रिएको काम सिद्ध गर्न सकिनेछ। पैसाको लेनदेनमा ध्यान दिनुहोस्। विशेष योजनाहरू सार्वजनिक नगर्नुहोस्। आजको शुभ रंग रातो र शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोस्। अवसरको फाइदा नउठाउँदा व्यवहारमा पछि पर्न सकिन्छ। आजको शुभ रंग हरियो र शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। शेयर बजारबाट मनग्य लाभ मिल्नेछ। अवसरवादीहरूले कार्यक्षेत्रमा अवरोध पुर्‍याउन सक्छन्। आजको शुभ रंग हल्का निलो र शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएको कार्य सम्पन्न हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कार्यक्षेत्रमा छोटो प्रयत्नले पनि दिगो लाभ हुनेछ। उद्योग व्यापारमा फाइदा उठाउन सकिनेछ। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग गाढा पहेँलो हो भने शुभ अंक २ रहेको छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): कार्यक्षेत्रमा बोलीको विपरीत अर्थ लाग्न सक्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक भोजनको सेवन गर्नुहोस्। व्यापार व्यवसायमा आफन्तहरूको सोचेजस्तो सहयोग नपाइने सम्भावना छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): इष्टमित्रहरूबाट रोकिएको कार्य प्रारम्भ हुनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। युवा वर्गहरूको नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): धैर्यको कमीले बनेको कार्य बिग्रन सक्छ। कार्यक्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सहयोग नपाइने सम्भावना छ। पेट दुख्ने समस्याले सताउन सक्छ। सवारी साधनमा धन खर्च हुने योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्