मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग
काठमाण्डौ, फागुन २१
इराकको मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ । १२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तराष्ट्रिय समिति आइसिआरसीले पुष्टि गरेको बिबिसीले जनाएको छ ।
आक्रमणमा ५ जना बालबालिका सहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर छ । आक्रमणमा कुन रसायन प्रयोग गरिएको भन्ने बारेमा पत्ता नलागेपनि घाइते सबैको उपचार रसायनिक हमलाको पीडितको रुपमा भैरहेको छ ।
अन्तर्रा्ष्ट्रिय कानुनमा त्यस्ता रसायनिक आक्रमण प्रतिबन्धित छ । विद्रोही संगठन आइएसले आक्रमण गरेको अनुमान गरिएपनि यसको जिम्मेवारी कसैले लिएको छैन ।
प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार