तिलोत्तमा गोल्डकपमा उपाधि भिडन्त हुँदै


 


काठमाण्डौ, फागुन २१

बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुँदैछ । खेल दिउसो २ बजे सुरु हुने आयोजकले जनाएको छ । उपाधिका लागि आज आर्मीले संकटा क्लबको सामना गर्नेछ ।

यस अघि भएको खेलमा आर्मि तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक रुपन्देही–११ लाई ‘ट्राइबेकर’मा ४–२ ले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

निर्धा्रित् ९० मिनेट र त्यसपछि थपिएको २० मिनेटमा पनि दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि आर्मीले ट्राइबेकरमा बाजी मार्दै फाइनलमा स्थान बनाएको हो । ट्राइबेकरमा आर्मीका हिरण्य मगर, राजु तामाङ, विवेक बस्नेत र सन्तोष तामाङले बललाई जाली चुमाएका थिए ।
त्यस्तै, रुपन्देहीका शौरव मगर र उत्तम गुरुङले गोल गर्दा अर्का दुई खेलाडी एमबोला र सामसन गोल गर्नबाट चुके । एमबोलाको प्रहार पोस्टबाहिर गयो भने सामसनको प्रहार आर्मीका गोलरक्षकले बचाएका थिए थिए ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्