कमल थापाले पदाधिकारी मनाेनयन गरे, काे–काे परे टिममा ? (सूचिसहित)


 


काठमाडाैं, फागुन २०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पदाधिकारी मनाेनयन गरेका छन् । थापाले ६ उपाध्यक्षसहित २७ पार्टी पदाधिकारीको मनोनयन गरेका हुन्।

मनोनयनमा ५ महामन्त्री, ४ सहमहामन्त्री, ६ सहायक महामन्त्री, तीन प्रवक्ता, एक सहप्रवक्ता, कोषाध्यक्ष एक र सहकोषध्यक्ष एक गरी २७ पदाधिकारीको मनोनयनमा परेका हुन् ।

उपाध्यक्षमा दीपक बोहोरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द्र राय मनोनित भएका छन् । महामन्त्रीमा सुनिलबहादुर थापा, जयन्त चन्द, ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन र धवलशम्शेर राणा मनोनित भएका छन्।

सहमहामन्त्रीमा चद्रबहादुर गुरुङ, हेमजंग गुरुङ, निलकण्ठ काफ्ले र राम थापा मनोनित भएका छन्। सँगै सहायक महामन्त्रीमा कुन्ती शाही, मनोज प्रधान, वृजलाल यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, बिन्दु पहाडी र राजाराम बर्तौला मनोनित भएका छन्।

त्यसैगरी तीन प्रवक्तामा रोशन कार्की, भुवन पाठक र सुशील श्रेष्ठ मनोनित भएका छन् भने सहायक प्रवक्तामा मोहन श्रेष्ठ मनोनयनमा परेका छन्। पार्टी कोषाध्यक्षमा भने उद्धव पौडेल र सहायक कोषध्यक्षमा गिरीधर परियार मनोनित भएका छन्।

प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्