अभिषेक–ऐश्वर्याबीच झगडा, यस्ताे छ कारण
काठमाडौं, फागुन २०
बलिउड नायक अमिताभ बच्चनकी नातिनी आराध्या ६ बर्षकी भइन । तर उनका बुबा–आमाबीच भने आराध्याको करिअरलाई लिएर विवाद सुरु भएको छ । आराध्याका बुबा अभिषेक र आमा ऐश्वर्या उनको करिअरलाई लिएर फरक–फरक सोच राख्ने गरेका छन् ।
फरक मतका कारण उनीहरुबीच विवाद बढेको हो । दुवै जना आराध्याको करिअरलाई लिएर गम्भीर छन् । अभिषेक चाहन्छन्, आराध्या ठूली भएपछि अभिनेत्री बनुन र फिल्म उद्योगमा नाम कमाउन ।
यतिमात्र होइन, आराध्यालाई बाल कलाकारको रुपमा पनि फिल्ममा उतार्न चाहन्छन् । तर, ऐश्वर्या भने आराध्या फिल्मी उद्योगमा नलागोस् ऐश चाहन्छिन् ।
सन् २००७ मा अभिषेक–ऐश्वर्याले विवाह गरेका थिए र २०११ को १६ नोभेम्बर छोरी आराध्याको बुबा–आमा बनेका थिए ।
प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार