‘हैट’ले मनाए जन्मदिन


 


काठमाडौं, फागुन २०

अभिनेता बुद्धी तामाङले ३४ औँ जन्मदिन रेडियो अडियोमा मनाएक छन् । उनको जन्मदिनको अवसर रेडियो अडियोले केही बेर लाईभ प्रसारण पनि गरेको थियो । थियटर हुँदै सिनेमामा आएका उनलाई रामबाबु गुरुङले कबड्डीमा दिएको अवसरले देशकै ठूलो सेलिब्रेटी बनाईदिएको छ ।

केही समय नाटक सिकेपछि उनले सिनेमामा काम गर्ने मौका पाए । शुरुमा दुईवटा सिनेमामा काम गरेर उनले खासै राम्रो सफलता पाएका थिएनन् । तर सिनेमा ‘कबड्डी’मा काम गरेपछि भने ‘हैट’ थेगोले उनको सफलता अचानक आकासियो । उनलाई सबैले ‘हैट’ भनेर चिन्न थाले ।

उनको जीवनको खास टर्निङ पोईन्ट भनेकै सिनेमा ‘कबड्डी’ थियो जुन मौका उनलाई निर्देशक रामबाबु गुरुङले दिएका थिए । उनलाई नाटकबाट सिनेमामा फड्को मार्न रामले नै सघाएका हुन् ।

त्यस्तै उनका सहयोगीमा अनुप बराल र पुष्कर गुरुङ पनि पर्छन् । उनीहरुले नाटकमा बुद्धिलाई ठूलो सहयोग गरेका छन् । पुष्करले नाटकमा स्थान दिएका हुन् भने अनुपसँग उनले नाटक सिक्ने मौका पाए  ।

प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्