आज कालिमाटी तरकारी बजार बन्द


 


काठमाडौं, फागुन २०
कालिमाटी तरकारी बजार आज बन्द छ । पाँच वर्षअघि २०६८ साल फागुन २० गते आजकै दिन तरकारी बजारमा आगालागी हुँदा ६ जनाको ज्यान जानुका साथै लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको थियो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन २० गतेलाई कालो दिनका रुपमा सम्झने गरेको छ । आगलागीबाट क्षती भएको भवनको मर्मतको काम पनि लगभग सकिएको समितिले जनाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्