अमिताभको मृत्युपछि सम्पति छोरा र छोरी दुवैलाई बराबर


 


काठमाडौं, फागुन १९

बलिउडका महानायक अमिताभ बच्चनले ट्विटरमा एक पोष्ट सेयर गर्दै आफ्नो मृत्युपछि सम्पति छोरा र छोरीको नाममा बराबर बाँडिने ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘म मरेपछि मेरो सम्पती छोरा अभिषेक र छोरी श्वेता दुवैले बराबर बाड्नु ।’ अमिताभले पोष्टमा एक तस्विर सेयर गरेका छन्, जसमा उनले एक ब्यानर समातेका छन्, जसमा यो कुरा लेखिएको छ ।

अमिताभले यो पोष्टमार्फत् छोरा र छोरीबीच विभेद गर्ने बुबा–आमाका लागि एक शिक्षा दिएका छन् । छोरा र छोरीबीच समानताको बिषयमा बोल्दै आएका उनी आफ्नी छोरीलाई पनि उति नै माया गर्छन्। यसअघि अमिताभले आफ्ना नातिनीहरु नव्या र आराध्याका लागि पनि एक ट्विट लेखेका थिए, जुन सामाजिक सञ्जालमा निक्कै भाइरले बनेको थियो ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्