दुर्घटनामा २३ जना घाइते


 


दाङ , फागुन १९

राप्ती राजमार्ग अन्तर्गत दाङको फूलबारीस्थित बखरीया मोडमा बिहीबार बस र ट्रक एकआसपमा ठोक्किँदा २१ जना घाइते भएका छन् । तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख ९४१ नम्बरको बस र नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको से १ ख १२८७ नम्बरको ट्रक ठोक्किएको हो । यसक्रममा घाइते भएकामध्ये १८ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेहरुमा रा १ ख ९४१ नम्बरको बसका कण्डक्टर तुलसीपुर १९ कै ३८ वर्षीय गोविन्द शर्मा, मानपुर २ निवासी ७७ वर्षीय केशरबहादुर खड्का, पञ्चकुले ४ निवासी ७४ को भीमबहादुर बुढाथोकी, पञ्चकुले ४ कै ६५ वर्षीया कलावती बुढाथोकी छन्। बसका चालक तुलसीपुर १९ उरहरीका ३४ वर्षीय विरन चौधरीको अवस्था गम्भीर रहे पनि उनको भने अञ्चल अस्पतालमै उपचार भइरहेको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्