आप्रवासीलाई बैधानिकता दिने बिषयमा राष्ट्रपति ट्रम्पले छलफल गर्ने


 


एजेन्सी, फागुन १९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी निति प्रति केहि लचिलो भएको संकेत दिएका छन्। मंगलबार अमेरिकी कंग्रेसमा सम्बोधन गर्नुभन्दा एक घण्टा अगाडि व्हाईट हाउसमा केहि टेलिभिजन एन्करहरुसंगको छलफलमा आप्रवासी नितिमा हेरफेर गर्न आफु खुला रहेको बताएका छन्।

आपराधिक पृष्ठभूमि नभएका तर कागजात विहिन आप्रवासिहरुलाई बैधाकिता दिन सकिने कुरामा छलफल गर्न आफु खुला रहेको ट्रम्पले बताएको व्हाईट हाउसकी मिडिया उप प्रमुख सारा स्याण्डर्सले पुष्टि गरेकी छन्।

अपराधिक पृष्टभूमि भएका वाहेकका करिव १ करोड १० लाखलाइ बैधानिकता दिने कुरामा ट्रम्प सकारात्मक रहेका बिश्लेषकहरुले जनाएका छन्। तर कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले आपराधिक पृष्टभूमि नभएका तर कागजात विहिन आप्रवासिलाई बैधानिक बनाउने भन्ने कुरालाई उल्लेख गरेका छैनन।

बरु उनले अमेरिकी जनताको रोजगारीको सुनिश्चितताको लागी बैधानिक आप्रवास प्रणालीमा सुधार गर्नु पर्ने कुरा औल्याएका थिए। ‘हाम्रो अहिलेको प्रणाली थोत्रो भएको छ जस्को कारण हाम्रा गरिब कामदारहरुले निरासलाग्दो ज्याला पाउन बाध्य छन् भने करदाताहरुलाई ठूलो भार छ।’

राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा आफ्नो पुरानो अडानलाई दोहोर्याउँदै भने ‘मैले बाचा गरे अनुसार हामिले हाम्रो समाजका लागि खतरा उत्पन्न गर्ने आपराधिक गिरोहका सदस्यहरु, लागु औषध कारोबारी र अपराधिहरु लाई निकालिने छ। खराबहरुलाई धपाईने छ।’

मेक्सिको र अमेरिकाको सिमामा पर्खाल बनाउने कुरा अगि बढेको र समयमा पुरा हुने जानकारि पनि दिएका थिए। कंग्रेसमा सम्बोधन गर्दै उनले सबै मिलेर अध्यागमन निति सुधारलाई अघि बढाउन आग्रह गरेका छन।

अमेरिकामा कागजात बिहिन अबैधानिक आप्रबासिको संख्या करिब १ करोड ७० लाख भएको अनुमान छ। जस मध्ये १ करोड १० लाखलाई बैधानिकता दिन सकिने बताएको छ। बैधानिकता दिनु भन्दा अगाडी सबै पृष्टभूमि छानविन गरिने जनाईएको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्