तिलोत्तमा गोल्डकपमा रुपन्देही–११ र त्रिभुवन आर्मी भिड्दै


 


काठमाण्डौ, फागुन १९

बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज आयोजक रुपन्देही–११ र त्रिभुवन आर्मी क्लब भिड्दैछन । खेल दिउसो हुने बताईएको छ । यस अघि हिजो भएको खेलमा संकटा क्लब फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै संकटाले फाइनलमा ठाउँ पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको २६औं मिनेटमा चेतनकुमार थारुले गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए ।

४३औं मिनेटमा संकटाका विदेशी खेलाडी मार्टिनले गोल गरेर खेल बराबरीमा पुर्‍याए । खेलको अन्त्यतिर सुशील केसीले गोल गरेर संकटालाई जिताए । सुशील खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्