आजबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सन्चालनमा रोक


 


काठमाडौं, फागुन १८

सरकारले आजबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएके छ । थोत्रा गाडी वातावरण प्रदूषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारक बनेको भन्दै उपत्यकाबाट हटाउन सन्चालनमा रोक लगाईएको हो ।

यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारीसाधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

प्रवक्ता टोकराज पाण्डेले २० वर्ष नाघेका कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पो आजदेखि स्वतः अवैधानिक हुने बताए । उपत्यकामा २० वर्ष नाघेका झन्डै २ हजार ५ सय सार्वजनिक सवारीसाधन रहेको विभागको अनुमान छ ।

२०७१ भदौ १९ को मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन विस्थापित गर्ने निर्णय गरेको थियो । २०७१ फागुन १८ गतेको राजपत्रमा २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय छापिएको थियो ।

यातायात व्यवस्था विभागले २०७३ मंसिर २२ गते सार्वजनिक सूचना निकालेर २० वर्ष पुराना सवारीसाधन २०७३ फागुन १८ बाट उपत्यकाभित्र सञ्चालनमा पूर्ण रोक लगाउन पत्राचारसमेत गरेको थियो ।

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्