संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने


 


काठमाडौं, फागुन १८

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन र अन्यथा आफूहरु निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

मोर्चाको मंगलबार बसेको बैठकले संविधान संशोधन प्रक्रिया नै आफूहरुको प्रमुख सर्त भएको भन्दै सोही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको हो ।

यसबारेमा बुधबार पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले जानकारी दिए ।

झाले संविधान संशोधन प्रस्तावमाथि परेको संशोधन प्रस्तावलाई मिलाएर प्रस्ताव अगाडि बढाउन माग गरिएको बताए । त्यसो हुन नसके निश्चित दिनको समयसीमा दिएर सरकारबाट समर्थन फिर्ता लिनेसम्मको निर्णय हुने झाको भनाइ छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्