दुर्घटनामा एक जनाको मृत्यु


 


लमजुङ, फागुन १७

राइननास नगरपालिका ६ स्थित तीनपिप्लेमा बसले किच्दा मंगलबार एक जनाको घट्नास्थलमै मृत्यु भएको छ। नारायणगढबाट लमजुङ बोराङखोला तर्फ जाँदै गरेको ना ४ ख ९६ नम्बरको बसले किच्दा राइनास नगरपालिका ११ वस्ने वर्ष ६९ का गंगाबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

नारायणगढबाट सोही बसमा आएका गुरुङ बसबाट झरेर बाटो क्रस गर्ने क्रममा बसले चेपिएर गुरुङको मृत्यु भएको तीनपिप्ले प्रहरी चौकीका असई दिपक रानाले बताए। बस र बसचालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्