प्रधानमन्त्रीले आज देशबासीका नाममा सम्बोधन गर्ने


 


काठमाडौं, फागुन १७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार देशबासीका नाममा सम्बोधन गर्नेभएका छन । प्रचण्डले मंगलबार बेलुका ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।

चुनावको मिति घोषणा भइसकेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन मार्फत सबै नागरिकलाई चुनावमा होमिन आह्वान गर्ने तयारी छ । सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्