नेपाल निजामती संगठन भोजपुरको अध्यक्षमा सापकोटा


 


भोजपुर, माघ १९। नेपाल निजामती संगठन भोजपुरको १९औं जिल्ला अधिवेशनले जनक सापकोटाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा कुमार राई, महिला उपाध्यक्षमा ममता दियाली, सचिव सुमनहरि राई, सहसचिव राजन कोइराला र कोषाध्यक्ष खम्बसी राई चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा टिकाराम प्रधान, सुमन अधिकारी, मनोज मेहता, सुस्मा अधिकारी, सुवास तामाङ, चिन्तामणि पोखरेल, तोयानाथ दुलाल, सुरेश कुमार चौधरी, सोनिया पुन, दिवस खड्का, र निर्मल आचार्य निर्वाचित भएका छन् ।

अधिवेशनले लेखा समितिको संयोजकमा सन्तोष कटुवाललाई चयन गरेको छ भने भिम घिमिरे र देवेन्द्र प्रधान सदस्य भएका छन् ।

त्यसैगरी, केन्द्रीय प्रतिनिधि टिका पाठक पराजुली र प्रकाश कुमार बिसी चयन भएका छन्। राष्ट्र सेवक सहकारीबाट हरिकृष्ण दाहाल चयन भएका छन् भने प्रदेश प्रतिनिधि मोतीराम खनाल र कविता राई चयन भएका छन् ।

प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्