कञ्चनपुरमा कांग्रेसका नगर सभापति कलौनी सडकमा मृत फेला


 


कञ्चनपुर, माघ १९ । नेपाली काङ्ग्रेस कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् । 

कलौनी शनिबार बिहान साढे ८ बजे बाटोमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका नगर सभापति कलौनी भीमदत्त नगरपालिका- १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा मृत फेला परेका हुन् । उनको मृत्यु
शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्लाका प्रहरी प्रमुख एसपी चक्रराज जोशीको कमाण्डमा टोली पुगेको छ ।

प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्