मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते


 


नवलपरासी, माघ १९ । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक भएका छन् ।

नवलपरासीको सरावल गाउँपालिका वडा नं १ सालबासस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदेश नं. ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवाका २८ वर्षीय कमल परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका परियारको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार थिए ।

सोही दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट लिखु-३ का २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी सिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्